२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

क्वारेन्टाइनका सुरक्षागार्डद्वारा शरिरमा आगो लगाएर आत्महत्या

सांकेतिक तस्वीर ।

तिलोत्तमा, 
२० साउन । रूपन्देहीको देवदह–७ शीतलनगरस्थित क्वारेन्टाइनका सुरक्षागार्डले आत्महत्या गरेका छन् । मंगलबार बिहान आफैंलाई मट्टीतेल छर्किएर आगो लगाएका विपिन बस्यालको उपचारका लागि लैजाँदै गर्दा बाटैमा मृत्यु भएको हो ।

२४ वर्षीय बस्याल वडा नं ५ मितेरी टोलका बासिन्दा हुन् । उनले मंगलबार बिहान ४ बजेतिर आफूलाई आगो लगाएको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी प्रतीतसिंह राठौरले जानकारी दिए ।

बस्याललाई गम्भीर अवस्थामा तत्काल देवदह मेडिकल कलेज लगिएको थियो । ‘आत्महत्याको प्रयास गरेका उनको अवस्था गम्भीर रहेको र देवदह मेडिकल कलेजमा उपचार गराइएको थियो,’ राठौरले भने, ‘यहाँ सम्भव नभई पाल्पा रिफर गरिएका उनको पाल्पा लैजाने क्रममा मृत्यु भएको हो ।’

प्रहरीका अनुसार बस्याल डिप्रेसनका बिरामी रहेको र यसअघि पनि तीनपटकसम्म आत्महत्याको प्रयास गरेको पाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको खबर कान्तिपुरमा प्रकाशित छ ।