तानसेन,
२० साउन । पाल्पालाई कोरोना संक्रमण मुक्त जिल्ला भएको छ। पाल्पामा कोरोना संक्रमणको उच्च जोखिमको रुपमा पहिचान बनाए पनि पछिल्लो समय भारत लगायत तेस्रो मुलुकबाट आउने व्यक्ती नआएको कारण संक्रमण मुक्त जिल्ला भएको हो।
पाल्पामा हालसम्म ५ सय ६१ जना संक्रमण देखिएकोमा १ जनाको मृत्यु भएको छ, भने ५ सय ६० जना निको भएर घर फर्किएका छन्।
पाल्पामा ३९०७ जनाको पीसीआर परीक्षण भएकोमा ५ सय ६१ जनामा संक्रमण देखिएको थियो। संक्रमितमध्ये ५१५ जना पुरुष र ४६ जना महिला रहेका छन्।
पाल्पामा अहिले आइसोलेसनमा १ जना पनि कोरोना संक्रमित बिरामी नभएकोले आजको मितिसम्मलाई संक्रमणमुक्त जिल्ला भएको जिल्ला स्तरीय कोभिड १९ का फोकल पर्सन श्रीकृष्ण भट्टराईले बताएको खबर अन्नपूर्ण पोष्टमा प्रकाशित छ ।