२०७९ असोज १८ गते मङ्गलवार
२०७९ असोज १८ गते मङ्गलवार

तरुण दलद्वारा कांग्रेस पार्टी कार्यालय परिसर सरसफाइ

तुलसीपुर, 
२० साउन । नेपाल तरुण दल तुलसीपुर ५ को आयोजनमा आज नेपाली कांग्रेस क्षेत्र नं. ३ दाङको पार्टी कार्यालय तुलसीपुरमा सरसफाइ कार्यक्रम गरिएको छ ।

तरुण दल वडा नं. ५ का अध्यक्ष सुनीलबाबु डाँगीको अध्यक्षतामा सरसफाई कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा नेपाल तरुण दल दाङका अध्यक्ष टिका घर्ती, सचिव धुव्र आचार्य, तरुण दल दाङका जिल्ला सदस्यहरु नविन बुढाथोकी, नविन योगी, नेविसंघ दाङ सहसचिव जितेन्द्र प्रकाश वली, तरुण दल साविक क्षेत्र नं. ५ का अध्यक्ष ललितजंग पाण्डे, तरुण दल शान्तिनगर २ का अध्यक्ष विमल खड्का लगायत दर्जनौको सहभागिता रहेको थियो ।

कार्यालय परिसर सरसफाई गर्नुको साथै पार्टी कार्यालयमा नयाँ झण्डा समेत राखिएको छ ।