२०७८ मङ्सिर १७ गते शुक्रवार
२०७८ मङ्सिर १७ गते शुक्रवार

विपन्न घरपरिवारलाई न्यौपानेको सहयोग

तुलसीपुर, 
२० साउन । तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ का युबा समाजसेबी माधब न्यौपानेले १५ विपन्न घरपरिवारलाई राहत बितरण गरेका छन् ।

कोभिड १९ का कारण प्रभावित तुलसीपुर ११ स्थित बेल्टाकुरा, हस्नापुर, कटाहा लगायतका गाउँका गरि आर्थिक बिपन्न १५ घरपरिवारलाइ प्रति घरपरिवार १ बोरा चामल, २ किलो दाल, १ किलो चिउरा, १ किलो चिनी, २ वटा साबुन लगायतका सामाग्री बितरण गरिएको हो ।

हाल काठमाडौं स्थित काठमाडौं ईन्टरनेशनल स्टडी सेन्टरमा कार्यरत समाजसेवी न्यौपानेले पठाउनु भएको उक्त राहत सामाग्री तुलसीपुर ११ का वडा सदस्य सुबास डाँगिको उपस्थितिमा न्यौपानेका बुबा मिन प्रसाद न्यौपाने, भाइहरु दुर्गा प्रसाद न्यौपाने र रोहित न्यौपानेले बितरण गर्नुभएको थियो ।

उहाँले यस अघि पनि २ दर्जन बढीलाइ राहत बितरण गर्नुभएको थियो ।