२०८१ माघ २९ गते मङ्गलवार
२०८१ माघ २९ गते मङ्गलवार

बाँकेमा लगाइएको निषेधाज्ञा शनिबारसम्म जारी रहने

नेपालगञ्ज, 
२० साउन । बाँकेमा लगाइएको निषेधाज्ञा आगामी शनिबार राती १२ बजेसम्म लम्ब्याउने निर्णय गरिएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङ्गले मंगलबार बसेको जिल्ला कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठकले निषेधाज्ञा चार दिने लम्ब्याउने निर्णय गरेको जानकारी दिएका छन् ।

यसअघि शनिबार राती १२ बजेबाट सुरु भएको निषेधाज्ञा आज मंगलबार राती १२ बजे सकिंदै थियो ।

बाँकेमा पछिल्ला दिनमा सरकारी, सेवाग्राही कार्यालयका कर्मचारी तथा जनप्रतिनिधिमा कोरोना देखिएपछि नेपालगन्जमा समुदायमा नै कोरोना फैलिएको पाइन्छ ।