२०७८ मङ्सिर १४ गते मङ्गलवार
२०७८ मङ्सिर १४ गते मङ्गलवार

थुनुवामा कोरोना पोजेटिभ देखिएपछि ईप्रका कोहलपुर सिल

कोहलपुर, 
२० साउन । ईलाका प्रहरी कार्यालय कोहलपुर सिल गरिएको छ ।

प्रहरी कार्यालयमा रहेका एक जना थुनुवामा कोरोना पोजेटिभ देखिएपछि कार्यालय सिल गरिएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख कुलदिप चन्दले जानकारी दिए ।

साउन १४ गते ल्याईएका एक थुनुवामा कोरोना संक्रमण देखिएपछि आफु मातहतका सम्पूर्ण कर्मचारी तथा प्रहरीहरुलाई जनसम्पर्कबाट आउट गरिएको चन्दले जानकारी दिए ।

कार्यालयभित्रका आन्तरिक गतिविधिहरु संचालन गरीएपनि अन्य कामकारवाहीकालागि जिल्लाबाट प्रहरीको एक टोलीलाई कोहलपुर झिकाइएको चन्दले बताए ।

ईप्रका कोहलपुरमा कार्यरत प्रहरी तथा थुनुवाहरुको स्वा परिक्षण नभएसम्मकालागि कार्यलय भित्र जान र बाहीर आउन पुर्ण रुपमा बन्द गरिएको चन्दले बताए ।

चन्दका अनुसार भोली बुधबार ईप्रका कोहलपुरका सबै प्रहरी, कर्मचारी तथा थुनुवाहरुको स्वाव संकलन गर्ने तयारी गरीएको छ ।