२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

२१ हजार ९ संक्रमित मध्ये १५ हजार २६ जनाले जिते कोरोना

काठमाडौं, 
२० साउन । पछिल्लो २४ घण्टामा नेपालमा २५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ९ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रिय संक्रमितको संख्या पाँच हजार ९२५ रहेको छ। सोमबार ४१८ जनामा कोरोना पुष्टि भएको थियो।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६५ डिस्चार्ज भएका छन्। कुल डिस्चार्ज हुनेको संख्या भने १५ हजार २६ पुगेको छ। अहिले क्वारेन्टाइनमा १० हजार ४५२ जना रहेका छन्।

नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ५८ पुगेको छ।