२०७९ असोज १९ गते बुधवार
२०७९ असोज १९ गते बुधवार

नेपालगन्ज कारागारका १३ जनामा कोरोना संक्रमण

बाँके,
२० साउन । मंगलबार बाँकेको नेपालगन्ज कारागारमा कार्यरत ५ प्रहरी जवान, वडा प्रहरी कार्यालय नेपालगन्जमा कार्यरत १ प्रहरी र ७ कैदी बन्दी गरी १३ जनामा कोरोना संक्रमण देखिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अनुसार गत साउन १८ गते नेपालगन्ज कारागारबाट उनिहरुको स्वाव संकलन गरीएको थियो ।

स्वाव संकलन गरी भेरीमा परिक्षण गरीएकोमा १३ जनामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

संक्रमित ६ जना प्रहरीमध्ये २ जना महिला र एक जना वडा प्रहरी कार्यालय नेपालगन्जमा कार्यरत प्रहरी जवान रहेका छन । संक्रमित प्रहरी र कैदीलाई कृषि तालिम केन्द्र खजुराको आईसोलेशनमा राख्ने तयारी भईरहेको श्रेष्ठले जानकारी दिए ।

मंगलबारको परिक्षणमा दाङ लमही ५ का ३५ वर्षिय पुरुषमा समेत कोरोना संक्रमण देखिएको भेरी अस्पताल नेपालगन्जले जनाएको छ ।