२०७८ मङ्सिर १९ गते आइतवार
२०७८ मङ्सिर १९ गते आइतवार

जंगली च्याउ खाँदा एकैघरका दुई बालक गम्भिर बिरामी

फाइल तस्वीर ।

रोल्पा,
२० साउन । जंगली च्याउ खाँदा रोल्पाका दुई बालक गम्भिर विरामी परेका छन् ।

गत आईतवार बेलुकी जंगली च्याउ खाँदा रोल्पा गंगादेव गाउँपालिका वडा नम्वर ४ बस्ने साझेकण्ड बस्ने ललित वलीका छोरा १२ बर्षिय विमल वली र उनका भाई ८ बर्षिय भरत वली गम्भिर विरामी परेको प्रहरीले बताएको छ ।

च्याउ खाँदा विरामी परेका ती दुई बालकको स्थानिय अस्पतालमा उपचार गर्ने क्रममा अवस्था गम्भिर भएपछि थप उपचारका लागी मंगलवार राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याईएको थियो ।

अस्पतालमा आईसियु सेवा नभएका कारण तुलसी बाल हस्पिटल तुलसीपुरमा लगीएको प्रहरीले बताएको छ ।