२०७८ मङ्सिर १७ गते शुक्रवार
२०७८ मङ्सिर १७ गते शुक्रवार

वीरगन्जका प्रशासकीय अधिकृतसहित १३३ मा कोरोना पुष्टि

वीरगन्ज कारागारका जेलर श्रवण पोखरेल पनि संक्रमित

वीरगन्ज,
२१ साउन । नारायणी अस्पतालको प्रयोगशालामा मंगलबार राति गरिएको परीक्षणमा वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीपकुमार निरौला, वीरगन्ज कारागारका जेलर श्रवण पोखरेलसहित थप १ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये १७ जना बाराको सिमरा क्‍वारेन्टाइन र बाँकी पर्साका हुन् ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायका अनुसार २४ महिलासहित ५ देखि ७४ वर्ष उमेर समूहका १ सय ३३ जना नयाँ संक्रमित थपिएका हुन् ।

वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निरौलाले फ्रन्टलाइनमा काम गर्दागर्दै कोरोना संक्रमित भएको बताए । महानगरपालिका कार्यालयका अरु १० जना कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपाली सेनाका ३ जना, वीरगन्ज भन्सारमा खटिएका ३ जना सशस्त्र प्रहरीमा समेत कोरोना पुष्टि भएको छ ।