२०८१ माघ २७ गते आइतवार
२०८१ माघ २७ गते आइतवार

कुलोमा डुवेको अवस्थामा ६५ बर्षीय पुरुषको शव फेला

सांकेतिक तस्वीर ।

दाङ,
२१ साउन । दाङमा कुलोमा डुवेर एक जनाको मृत्यु भएको छ ।

घोराही १२ जगल्टेका करिब ६५ बर्षीय मान बहादुर खड्का कुलोमा डुवेको अवस्थामा मृत फेला परेका प्रहरीले जनाएको छ ।

मंगलवार बेलुकी ५ बजेतिर सामान किन्न भनि घरबाट निस्केका खड्का साँझ अवेर सम्म पनि घर नआएपछि उनको खोजी कार्य गरीएको थियो ।

खोजी गर्ने क्रममा सोहि वडाको डाबर (घर देखी) झन्डै ५ सय मिटर उत्तरपुर्व तर्फ कुलोमा डुवेको अवस्थामा बुधवार दिउँसो करिब ३ बजेतिर मृत फेला परेको ५ नम्बर प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ ।

साथै घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।