२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

जरायोको सिङसहित एक पक्राउ

तस्वीर : अन्नपूर्ण पोष्ट ।

गुलरिया, 
२१ साउन । प्रहरीले जरायोको सिङसहित एकजनालाई पक्राउ गरेको छ । गुलरिया नगरपालिका ७ बस्ने ३१ वर्षीय बावुराम लोधलाई वडा नम्बर ९ डब्बा गाउँस्थित वन्यजन्तुको प्रतिबन्धित सिङसहित पक्राउ गरिएको हो ।

मोटरसाईकलमा राखेर लैजाँदै गरेको अवस्थामा सीमा प्रहरी चौकी मथुराबाट खटिएको टोलीले भे १ प २८८४ नम्बरको मोटरसाइकलसहित लोधलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक योगेन्द्र कुमार खड्काले जानकारी दिए ।

लोधलाई आवश्यक कारवाहीका लागि डिभिजन बन कार्यालय बर्दियामा बुझाइएको छ ।