तुलसीपुर,
२१ साउन । तुलसीपुर ११ स्थित उरहरी स्वास्थ्य चौकी बेल्टाकु राप्रती स्थानीय सेवाग्राहीहरुको बिश्वास बढ्दै गएको देखिएको छ ।
स्वास्थ्य चौकीमा आयोजित वार्षिक समिक्षा तथा भाबी कार्ययोजना निर्माण कार्यक्रममा सहभागी सेवाग्राही तथा बक्ताहरुले स्वास्थ्यकर्मिहरुले पछिल्लो समय दिइरहेका सेवा तथा व्यबहार प्रती खुलेरै प्रशंसा गरेका हुन् ।
तुलसीपुर ११ का वडा अध्यक्ष तथा स्वास्थ्य चौकी ब्यबस्थापन समितिका अध्यक्ष चित्र बहादुर वलीको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य चौकी प्रमुख चित्र वलिले तुलनात्मक रुपमा सेवाग्राहीको चाप बढीरहेको जानकारी दिनुभयो । उहाँका अनुसार पछिल्लो २ बर्षको तथ्यांकलाइ तुलना गर्दा स्वास्थ्य चौकिमा सेवा लिन आउने सेवाग्राहीहरुको संख्या झन्डै दोब्बर बढेको छ ।
आब २०७४ ७५ मा सेवा क्षेत्रको कुल जनसंख्याको ४१ प्रतिशत अर्थात ६४०२ बिरामिहरुले उपचार सेवा लिए भने आब २०७५ ७६ मा ६५ प्रतिसत अर्थात् ६४८७ बिरामिले सेवा लिएका छन् । त्यस्तै पछिल्लो आब २०७६ ७७ को तथ्यांक हेर्दा ७१ प्रतिशत अर्थात् ७०६७ जना बिरामिले उपचार सेवा लिएको देखिएको छ । यो बाहेक अन्य खोप तथा सुत्केरी सेवा समेत लिएको स्वास्थ्य चौकी प्रमुख चित्र वलीले जानकारी दिनुभयो । उहाँको बुझाइमा स्वास्थ्य चौकिप्रती स्थानीयहरुको विश्वास बढ्दै गएकाले उपचार लिन आउने सेवाग्राहीहरुको संख्या बढेको हो ।
स्थानीय सरोकारवालासंगको सहकार्य राम्रो भएको, जनचेतनामूलक कार्यक्रमलाइ तिब्रता दिएको तथा स्वास्थ्य चौकिको अहिलेको टिम स्प्रिट मिलेकाले पनि तुलनात्मक रुपमा स्थानीयहरुले बिश्वास गर्न थालेको उहाले बताउनु भयो । स्वास्थ्य चौकिका एच ए हरु यज्ञ केसी, शेर बहादुर बिसि लगायतले ल्याब लगायतका सेवाहरु थप गरिएको र सेवाग्राहीहरुलाइ सन्तोष पार्न ब्यबहार देखी अन्य कार्ययोजना निर्माण गरि सक्रियता बढाएकाले पनि सेवाग्राहीको मन जित्न भुमिका खेलेको बताउनु भयो ।
कार्यक्रममा महिला अधिकारकर्मी शुस्मा गिरी, काङ्ग्रेसका प्रतिनिधि अर्जुन बहादुर केसी, नेकपाका प्रतिनिधी डिल्ली बस्नेत, राप्रपाका लिलाधर बस्नेत, समाजसेवी तिलकबहादुर बस्नेत, प्रहरी चौकी जसपुरका इन्चार्ज प्रहरी नायब निरीक्षक कृष्ण पुजारा, वडा सदस्यहरु सुबास डाँगी, निर्मा चौधरी, अमर माबि उरहरीका प्रतिनिधि पदम वली, आबि कटाहाका प्रअ टंक भण्डारी, टोल बिकास समिका प्रतिनिधिहरु बिर बहादुर बस्नेत, महेन्द्र कुमार सेन, सेतु जैसी, बिन्दु चौधरी, उर्मिला आचार्य लगायतले आम सर्बसाधारनको मन जित्न सफल भएको भन्दै स्वास्थ्यकर्मी टोलिलाई धन्यवाद दिदै उरहरी स्वास्थ्य चौकिलाइ नमुना स्वास्थ्य चौकिको रुपमा स्थापित गर्न स्वास्थ्यकर्मी टोलिलाई साथ दिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमको सहजीकरण स्वास्थ्यचौकिका एचए यज्ञ केसीले गर्नुभएको थियो । साथै उक्त भेलाबाट द्रुत प्रतिकार्य समुहलाइ सकृय बनाइ सम्भाबित बिपत्तिको सामना गर्न तयारी गर्ने, कोभिड १९ बाट बच्न थप सचेतना तथा सतर्कता अपनाउने तथा केहि अपराधीक मनोवृत्तिका ब्यक्तिहरुले केहि दिन अघि स्वास्थ्यकर्मी माथी गरेको व्यबहारप्रती आपत्ती जनाउँदै स्वास्थ्यकर्मिलाइ सुरक्षाको कुनै कमि नहुने गरी स्थानीयबासिहरुले सहयोग गर्ने निर्णय गरेको बैठक पछि स्वास्थ्य चौकी इन्चार्ज चित्र वलिले जानकारी दिनुभयो ।