२०७८ मङ्सिर १४ गते मङ्गलवार
२०७८ मङ्सिर १४ गते मङ्गलवार

शनिबार रातिदेखि मनसुन फेरि सक्रिय हुने, वर्षाको सम्भावना

काठमाण्डौं,
२१ साउन । महाशाखाका मौसमविद् समिर श्रेष्ठकाअनुसार आज र भोलि देशभरीकै मौसम सामान्य बदली भई एक/दुई ठाउँमा ठूलो पानी पर्ने र अरु ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्नेछ ।

तर पर्सि शनिबार रातिदेखि भने मनसुन फेरि सक्रिय हुन लागेकाले आइतबार धेरै ठाउँमा ठूलो पानी पर्ने भएकाले पूर्व तयारी गर्न उहाँको सुझाव छ ।

आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने र अरु केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम खालको पानी पर्ने संभावना रहेको मौसमविद् श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज राति प्रदेश १, वाग्मती, गण्डकी र प्रदेश ५ का एक/दुई ठाउँमा ठूलो पानी पर्ने संभावना छ ।