सांकेतिक तस्वीर ।
काठमाडौं,
२२ साउन । वीरगञ्जमा थप ४३ जनामा कोराना संक्रमण पुष्टि भएको छ। नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा वीरगञ्जका ४०, रौतहट, बारा र महोत्तरीका एक एक जनामा कोरोना पुष्टि भएको नारायणी अस्पतालका मेसु मदन कुमार उपाध्यायले जानकारी दिए।
गएराति आएको रिपोर्टमा थप ४३ जनामा कोरोना संक्रमण देखिएको उपाध्यायको भनाइ छ।
कोरोना देखिनेमा नेपाली सेनाका कर्मचारी बढी छन, भने संक्रमितको उमेर २० देखि ४० वर्ष रहेको छ।