२०७८ मङ्सिर २२ गते बुधवार
२०७८ मङ्सिर २२ गते बुधवार

विधुत काउन्टरको माग गर्दै विधुत प्राधिकरणमा ज्ञापन पत्र

तुलसीपुर, 
२२ साउन । दाङ जिल्ला उद्योग वाणिज्य संघ शान्तिनगर शाखा र शान्तिनगर ५ वडा कार्यालयको संयुक्त नेतृत्वमा आज विधुत प्राधिकरण तुलसीपुर वितरण केन्द्रमा विधुत काउन्टरको माग गर्दै ज्ञापन पत्र बुझाइएको छ ।

पश्चिमदाङलाई मध्यनजर गर्दै शान्तिनगर ५ रगैंजामा विधुत प्राधिकरणको वितरण केन्द्र स्थापना भएपनि प्रभावकारी काम हुन नसकेको हुनाले सोही वितरण केन्द्रमा कर्मचारी थप गरी मिटर रिडिङ र काउन्टर स्थापना गर्न माग गर्दै विधुत प्राधिकरण तुलसीपुर वितरण केन्द्रका प्रमुख जगन्नाथ घिमिर समक्ष ज्ञापन पत्र बुझाइएको हो ।

ज्ञापन पत्रमा रगैजा वितरण केन्द्रमा कर्मचारी थप, विधुत अनिमियता, प्रत्येक महिना विधुत मिटर रिडिङ, पश्चिमदाङबासी विधुत विल तिर्न तुलसीपुरसम्म आउनु पर्ने बाध्यता, विधुत काउन्टर लगायतको माग सहितको ज्ञापन पत्र प्रमुख घिमिरेलाई बुझाइएको हो ।

ज्ञापन पत्र बुझ्दै विधुत प्राधिकरण तुलसीपुर वितरण केन्द्रका प्रमुख घिमिरेले रगैजा वितरण केन्द्रमा तत्कालका लागि आवश्यक कर्मचारी थप गर्ने र मोवाईल विधुत काउन्टरको व्यवस्थापन गर्ने प्रतिवद्धता दिनुभयो । विधुत काउन्टर स्थापना गर्नका लागि नजिकमा बैङकको आवश्यक पर्ने भएकाले हाल विधुत काउन्टर स्थापना गर्न नसकिने तर महिनामा २ दिन मोवाईल काउन्टर स्थापना गरेर विुधत विल तिर्न सहज बनाउन सहयोग गर्ने बताउनुभयो ।

विधुत काउन्टर स्थापनाका लागि आवश्यक कागजपत्र केन्द्रमा पठाई प्रक्रिया अगाडि बढाउने विश्वास दिलाउनुभयो । रगैंजा विधुत वितरण केन्द्रलाई व्यवस्थित गर्न जग्गाको आवश्यक भएकाले जग्गाको उपलब्धता भए पश्चिमदाङबासीका लागि विधुत सेवा सहज हुने प्रमुख घिमिरे बताउनु भयो ।

ज्ञापन पत्र बुझाउने कार्यक्रममा दाङ जिल्ला उद्योग वाणिज्य संघ शान्तिनगर शाखा अध्यक्ष ज्ञानेन्द्रराज शर्मा, शान्तिनगर ५ का वडा अध्यक्ष गिरीराज वस्नेत, समाजसेवी संकर भण्डारी, उद्योग वाणिज्य संघका प्रेस संयोजक प्रेम पुन लगायतको सहभागिता रहेको थियो ।