२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

२ सय १८ जना युवा नेपाली कांग्रेसमा प्रवेश

 

तुलसीपुर,
२२ साउन । नेकपा परित्याग गरी २ सय १८ जना युवाहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस क्षेत्र नं. ३ को आयोजनामा आज तुलसीपुरमा भएको पार्टि प्रवेश तथा युवाहरुलाई प्रशिक्षण कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य दिपक गिरीले २ सय १८ जना युवाहरुलाई पार्टि प्रवेश गराउनु भएको हो ।

युवाहरुलाई पार्टि प्रवेश गराउँदै नेता गिरीले युवाहरुको हरेक दुःख सुखमा नेपाली कांग्रेसले साथ दिने बताउनुभयो । पार्टिलाई अगाडि बढाउन युवाहरुको आवश्यक भएकाले पार्टिले युवाहरुको योगदानमा विशेष ध्यान दिने बताउनु भयो ।

क्षेत्रिय सभापति जगत खड्काले सभापतित्वमा भएको कार्यक्रममा बोल्दै नेता गिरीले सरकारले युवाहरुको बारेमा वेलैमा सोच्न आग्रह गर्नुभयो । कार्यक्रमका प्रमुख अथिति समेत रहेका गिरीले कोरोना महामारीले गर्दा युवाहरु वैदेशिक रोजगारबाट घर फर्कने गरेकाले स्वरोजगार गराउन सरकारले पहल गर्नुपर्ने पनि बताउनु भयो । कोरोना भाइरस महामारीमा विभिन्न काण्ड र पार्टि विवादमा रहेको नेकपाको असक्षम सरकारले युवाहरुले ठुलै आश गर्न नसक्ने अवस्था रहेको पनि उहाँले तर्क गर्नुभयो ।

कार्यक्रममा संविधान सभा सदस्य बुद्धिराम भण्डारी, सांसद शकंर गिरी, नेताहरु केशव आचार्य, लेवेन्द्र धिताल, जिल्ला सचिव शकंर डाँगी, महासमिति सदस्य देविका नेपाली, क्षेत्र नं ३ क का सभापति घनश्याम ढकाल, तरुण दल दाङका उपाध्यक्ष मुक्ति न्यौपाने, प्रजातान्त्रिक व्यवसायी विनु रेग्मी अधिकारी लगायतले नेपाली कांग्रेस सवैको साझा पार्टि भएकाले नेकपा परित्याग गरी युवाहरु नेपाली कांग्रेसमा प्रवेशमा गर्नु सुखद रहेको बताउनुभयो ।

क्षेत्रिय उपसभापति प्रमोद बस्नेतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण क्षेत्रिय सचिव चुडामणी ढकाले गर्नुभएको थियो ।