२०७९ असोज १९ गते बुधवार
२०७९ असोज १९ गते बुधवार

नेपालमा कोरोना संक्रमणबाट ६५ जनाले ज्यान गुमाए

काठमाडौँ,
२२ साउन । नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ६५ पुगेको छ ।

पछिल्लो समयमा मोरङ, पर्सा, सर्लाही, धनुषा, सप्तरी जिल्लामा मृतक थपिएसँगै ६५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबारी जानकारी गराएको हो ।

मन्त्रालयका अनुसार मृत्यु हुनेमा मोरङ जिल्ला रंगेली नगरपालिका ८ दर्वेशा बस्ने ४५ वर्षीय पुरुष रहेका छन् । त्यसैगरी मोरङकै विराटनगर महानगरपालिका ९ बस्ने ४५ वर्षीय एक पुरुषको साउन २१ गते कोसी अस्पतालमा मृत्यु भएको हो । उनी मिर्गौला तथा मधुमेहका दीर्घरोगी रहेका थिए ।

सर्लाही जिल्ला मलंगवा नगरपालिका ८ बस्ने ६५ वर्षीया महिलाको साउन २१ गते मृत्यु भएको हो । उनको उपचारको क्रममा बलम्बु सशस्त्र प्रहरी बल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मृतकमा धनुषा जिल्ला मिथिला नगरपालिका १० लालगढ बस्ने ७२ वर्षीया महिलाको साउन १७ गते ओम अस्पताल तथा रिसर्च सेन्टरमा उपचारको क्रममा मृत्यु भएको थियो । उनको पनि जाँच गर्दा कोरोना पुष्टि भएको छ ।

त्यसका साथै सप्तरी जिल्ला रुपनी नगरपालिका ५ बस्ने ४२ वर्षीय पुरुषको साउन २१ गते मृत्यु भएको छ । ज्वरो तथा स्वासप्रश्वासमा कठिनाइ भइ साउन २० गते उनी गजेन्द्रनारायण सिंह अस्पताल राजविराज भर्ना भएका थिए ।

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या नेपालमा ६५ पुगेको छ ।