२०७८ मङ्सिर १४ गते मङ्गलवार
२०७८ मङ्सिर १४ गते मङ्गलवार

कपिलवस्तुमा भोलिदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द

कपिलवस्तु,
२२ साउन । कपिलवस्तु जिल्लामा कोरोना भाइरस संक्रमण बढ्दै गएपछि भोलिदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय भएको छ ।

जिल्ला स्तरीय संकट व्यवस्थापन समितिको बैठकले सरकारी कार्यालय,बैंक तथा वित्तीय कार्यालयबाट प्रदान गरिने सबै सेवा र सार्वजनिक यातायातका सेवा शुक्रबारबाट पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको हो ।

साउन २३ गते बिहान ५ बजेदेखि ३२ गते राति १२ बजेसम्म १० दिनका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको प्रजिअ दीर्घनारायण पौडेलले बताए । उक्त अवधिमा जिल्लामा जोरविजोर नम्बरका आधारमा सवारी साधान सञ्चालन गर्न दिने निर्णय भएको छ ।

जिल्लामा कोरोना संक्रमितको संख्या ८ सय ४० पुगेको छ । हाल जिल्लामा सक्रिय संक्रमितको संख्या ९१ छ ।