२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

राप्ति गाउँपालिकालाई नेपाली कांग्रेसको स्वास्थ्य सामाग्री सहयोग

दाङ,
२२ साउन । नेपाली कांग्रेस दाङ क्षेत्र नंं. १ ले राप्ती गाउँपालिकालाई कोभिड १९ बाट बच्नका लागि विहिवार स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ । आज एक कार्यक्रमका विच राप्ति गाउँपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो ।

नेपाली कांग्रेस पार्टिका पदाधिकारीको सहयोगलाई संकलित गरी खरिद गरिएको स्वास्थ्य सामाग्री राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदि, उपाध्यक्ष जनदम्वा कुमारी चौधरी र प्रमुख प्रशासकिय अधिकृत शोभाराम रिजाललाई सामाग्री हस्तान्तरण गरिएको हो ।

स्वास्थ्यकर्मी, नागरिक तथा कर्मचारी, जनप्रतिनिधि सबैलाई प्रयोग हुने गरि केएन ९५ मास्क ५०० थान, सेनेटाईजर १०० बोतल, पीपीई ४ थान, थर्मल गन १ थान, उच्च हात सफागर्ने सावुन ५० थान लगायतका सामाग्री उपलब्ध गराईएको हो ।