२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

काठमाडौंमा आफ्नै श्रीमती र छोरीमाथि एसिड प्रहार

सांकेतिक तस्वीर ।

काठमाडौं,
२३ साउन । राजधानीको चुच्चेपाटीमा दुई जनामाथि एसिड छ्यापिएको छ । आफ्नै बाबुले छोरी र श्रीमतीमाथि एसिड छ्यापेको प्रहरीले जनाएको छ ।

आपसी विवादका क्रममा हेटौंडा घर भई चुच्चेपाटी बस्दै आएका राजन विष्टले श्रीमतीलाई एसिड हानेको र सो क्रममा छोरीलाई पनि लागेको बताइएको छ । प्रहरीका अनुसार अभियुक्तलाई नियन्त्रणमा लिइएको छ । यसबारे थप विवरण आउन बाँकी रहेको छ ।

गत साउन ८ मा पनि काठमाडौँको सीतापाइलामा २२ वर्षीया युवतीमाथि एसिड प्रहार भएको थियो ।

अर्को केटा मन पराएको रौतहटका मोहमद आलमको निर्देशनमा उनका कामदार भारतीय नागरिक मुन्ना मोहमदले एसिड हानेका थिए ।