फाइल फोटो ।
बैतडी,
२३ साउन । बैतडीमा पहिरोले घर पुरिदा आमाछोराको मृत्यु भएको छ ।
जिल्लाको डिलाशैनी गाउँपालिका वडा नम्बर ४ को मठैराजमा घर माथिबाट आएको पहिरोले पुरिएर ४० वर्षीया पशुपति बोहरा र उनका १२ वर्षका छोरा रिकेश बोहराको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डीएसपी नारायणप्रसाद अधिकारीले बताए ।
पहिरोले घरको माथिल्लो तला च्यापिँदा आमाछोराको मृत्यु भएको र तल्लो तलामा सुतेका छोरीहरु भागेर बाँच्न सफल भएको डीएसपी अधिकारीले बताए ।