२०७८ मङ्सिर १९ गते आइतवार
२०७८ मङ्सिर १९ गते आइतवार

सुनको मूल्यमा नयाँ रेकर्ड : तोलाको १ लाख ३ हजार ५ सय

फाइल तस्वीर ।

काठमाडौं, 
२३ साउन । शुक्रबार सुन तोलाकै एक लाख साढे तीन हजार पुगेर नयाँ रेकर्ड कायम गरेको छ।

बिहीबार एक लाख साढे दुई हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको सुन आज एकै दिन एक हजारले बढेर नयाँ रेकर्ड कायम गरेको हो। सुन पछिल्लो समय अनपेक्षित रुपले बढीरहेको छ।

सुनसँगै चाँदीको मूल्य पनि बढीरहेको छ।

बिहीबार १३ सय ४५ रुपैयाँले कारोबार भएको चाँदी शुत्रबार ६० रुपैयाँले बढेर १४ सय ५ रुपैयाँ पुगेको सुनचाँदी व्यसायी महासंघले जनाएको छ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ५८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।