२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

कक्षा ११ को परीक्षा नगराउन राष्ट्रिय परीक्षा बोर्डको निर्देशन

काठमाडौं, 
२३ साउन । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा नगराउन निर्देशन दिएको छ । शुक्रबार एक सूचना जारी गर्दै बोर्डले नेपाल सरकारबाट स्कुल सञ्चालनको निर्णय नभएसम्मका लागि परिक्षा स्थगित गर्न निर्देशन दिएको हो ।

‘कोभिड १९ को संक्रमणका कारण नेपाल सरकारले हालसम्म विद्यालय पुनः सञ्चालनको निर्णय गरिनसकेको अवस्थामा समेत केही विद्यालयहरूले कक्षा ११ को परीक्षासम्बन्धी कार्यक्रम सार्वजनिक गरेको पाइएको हुँदा सोबाट विद्यार्थी तथा अभिभावकहरूमा त्रासको वातावरण सृजना हुन गएकोले नेपाल सरकारबाट विद्यालय पुनः सञ्चालनको निर्णय नभएसम्मका लागि परीक्षा सञ्चालनसम्बन्धी कार्यहरू नगर्नूरनगराउनू हुन सम्बन्धित सबैलाई सूचित गरिन्छ’ जारी सूचनामा भनिएको छ ।

कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि अनुसार कक्षा ११ को वार्षिक परीक्षा सम्बन्धित विद्यालयले नै सञ्चालन गर्ने व्यवस्था छ ।

परिक्षा लिँदा सामाजिक दूरी र सुरक्षा अपनाउनु पर्ने कार्यविधिमा उल्लेख छ ।