२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

प्रदेश ५ का कानुनमन्त्री केसी होम आइसोलेसनमा

फाइल तस्वीर ।

बुटवल, 
२३ साउन । प्रदेश–५ का आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी होम आइसोलेसनमा बसेका छन् ।

केहीदिन पहिले काठमाडौंमा आयोजित प्रदेशमा प्रहरी व्यवस्थापन सम्बन्धमा भएको छलफलमा सातवटै प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सहभागी रहेकामा प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवलाई कोरोना संक्रमण पुष्टि भएसँगै मन्त्री केसी होम आइसोलेसनमा बसेका हुन् ।

मन्त्री केसी बिहीबारदेखि होम आइसोलेसनमा बसेको प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले जानकारी दिए । मन्त्री केसी बिहीबार प्रदेश मन्त्रीपरिषदको बैठकमा समेत सहभागी भएका थिए ।

केसीको पीसीआर परीक्षण गर्ने र पीसीआर रिपोर्ट पोजिटीभ आए मुख्यमन्त्री, सबै मन्त्री, मन्त्रालयका सचिवलगायत उनीहरुको सम्पर्कमा आएका सबै जना आइसोलेसनमा बस्ने सामाजिक विकासमन्त्री बरालले बताए ।