२०७८ मङ्सिर १७ गते शुक्रवार
२०७८ मङ्सिर १७ गते शुक्रवार

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७० पुग्यो

सांकेतिक तस्बिर ।

काठमाडौँ, 
२३ साउन । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७० पुगेको छ ।

गत २४ घन्टामा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएसँगै मृतकको संख्या ७० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार पुष्टि गरेको हो ।

मन्त्रालयका अनुसार पर्सा जिल्ला वीरगन्ज महानगरपालिका ९ माइस्थान बस्ने ४५ वर्षीय पुरुष, पर्सा जिल्ला वीरगन्ज महानगरपालिका ११ श्रीपुर बस्ने ७९ वर्षीय पुरुष, सिरहा जिल्ला गोलबजार नगरपालिका १२ बस्ने २५ वर्षीय पुरुष, सर्लाही जिल्ला बसन्तपुरका ४५ वर्षीय पुरुष र पर्साको वीरगन्ज महानगरपालिका ११ श्रीपुर बस्ने ५७ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।