२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

बर्दियामा कोरोना जित्नेको संख्या बढ्दै

फाइल तस्वीर ।

गुलरिया,
२३ साउन । बर्दियामा कोरोना भाइरस जित्नेको संख्या बढ्दो क्रममा छ । जिल्लामा हालसम्म पुष्टि भएका २ सय ६२ संक्रमितमध्ये २ सय २५ जना संक्रमितले कोरोना जितेका छन् ।

बर्दियामा पुरुष २८ र महिला ९ गरी ३७ जना कोरोना संक्रमितको आइसोलेसनमा उपचार भइरहेको जनस्वास्थ्य कार्यालय बर्दियाका निरीक्षक कृष्णगोपाल चौधरीले बताए ।

जिल्लामा २ सय १९ पुरुष र ४३ महिला गरी २ सय ६२ जना कोभिड १९ संक्रमित भएका छन् । जसमध्ये पुरुष १ सय ९१ जना र महिला ३४ जना गरी २ सय २५ जना संक्रमितले सहजै कोरोना जितेका हुन् ।

बर्दियामा १३ हजार ४६ आरडीटी र ५ हजार २ सय ८१ गरी १८ हजार ३ सय २७ जनाको कोरोना परीक्षण भएको छ ।