२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

क्वारेन्टिनमा बसेकी २१ वर्षीया युवतीद्वारा आत्महत्या

प्रतिकात्मक तस्वीर ।

काठमाडौं, 
२३ साउन । काभ्रेको बेथानचोक गाउँपालिका–२ स्थित गेलिङ बजारमा रहेको क्वारेन्टिनमा बसेकी एक युवतीले आत्महत्या गरेकी छन् ।

काभ्रेका एसपी रवीराज पौडेलका अनुसार दुबईबाट आएर क्वारेन्टिनमा बसेकी २१ वर्षीया युवतीले क्वारेन्टिन स्थलको कोठाभित्र झुण्डिएर शुक्रबार दिउँसो आत्महत्या गरेकी हुन् ।

एसपी पौडेलका अनुसार उनी ६ दिनदेखि सो क्वारेन्टिनमा बस्दै आएकी थिइन् ।

घटनाबारे जानकारी पाउने बित्तिकै प्रहरीको टोली घटना स्थल पुगिसकेको र पोष्मार्टमका लागि शवलाई धुलिखेल अस्पताल ल्याउने तयारी भइरहेको एसपी पौडेलले बताए ।

क्वारेन्टिनमा बसेकै समयमा आत्महत्या गरेका कारण पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिने उनले बताए ।