२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

तरुण दल तुलसीपुर ५ मा नयाँ कार्यसमिति चयन

तुलसीपुर,
२४ साउन । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ को नयाँ कार्यसमिति चयन भएको छ । शुक्रबारको भेलाले जिवि जिएमको सभापतित्वमा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको हो ।

जसको उपसभापतिमा आकाश सिंह, सचिवमा केशव नेपाली, सहसचिवमा केशव चन्द, कोषाध्यक्षमा विशाल सुनुवारलाई चयन गरिएको छ । त्यस्तै सदस्यहरुमा वसन्त गिरी, देवेन्द्र विक, निश्चल गुरूङ, दिपक डांगी, सैलु वुढा र खिम रेउलेलाई चयन गरिएको छ ।

वडाका कार्यवबहाक सभापति प्रताप केसीको सभापतित्व तथा तरुन दल दाङका अध्यक्ष टिका घर्तीको प्रमुख आतिथ्यमा भेला भएको हो ।