२०७८ मङ्सिर ४ गते शनिवार
२०७८ मङ्सिर ४ गते शनिवार

कार अनियन्त्रित भई पल्टिँदा ३ जनाको मृत्यु, १ घाइते

रुपन्देही,
२४ साउन । रुपन्देहीमा कार दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । परासीबाट भैरहवातर्फ आउँदै गरेको कार अनियन्त्रित भई पल्टिँदा शुक्रबार राति ३ जनाको मृत्यु भएको हो ।

रुपन्देहीको रोहिणी गाउँपालिका ४ छिपागडस्थित हुलाकी सडक खण्डमा लु २ च ६७५६ नम्बरको कार नियन्त्रित भई उत्तर साइडमा पल्टिँदा ३ जनाको मृत्यु भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

कार पल्टिँदा उक्त कारमा सवार ४ जना घाइते भएका थिए । उनीहरुलाई उपचारको लागि भैरहवाको भीम अस्पताल ल्याइएको थियो । घाइतेमध्ये ३ जनाको उपचारका क्रममा मृत्यु भएको हो । मृत्यु हुने ३ जनामध्ये एक जनाको मात्र पहिचान खुलेको छ ।

मृत्यु भएकामध्ये चालक ओमसतिया गाउँपालिका ४ का २७ वर्षीय देवेन्द्र चौधरी रहेका छन्, भने अन्य २ जनाको परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते रुपन्देही सिद्धार्थ नगरपालिका ४ का ३४ वर्षीय अनिल यादवको भैरहवास्थित मेडिकल कलेजमा उपचार भइरहेको छ ।