२०७९ असोज १९ गते बुधवार
२०७९ असोज १९ गते बुधवार

तुलसीपुरको साततलेमा ट्रक दुर्घटना : ४ जना गम्भीर घाइते

फाइल तस्वीर ।

तुलसीपुर,
२४ साउन । तुलसीपुरदेखि सल्यान तर्फ खाध्यान्न लगेर जाँदै गरेको लु १ ख ४३६६ नम्वरको ट्रक तुलसीपुर वडा नं. ४ साततले स्थित खोलाको पुलवाट तल खस्दा चार जना गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा परी ट्रकचालक तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ निवासी ३१ बर्षीय गणेश विक, सोही ठाउँ निवासी ३२ बर्षीय इश्वर चन्द, ४० बर्षीय नातिराम चौधरी र ट्रकका सहचालक सल्यान जिल्लाको बागचौर नगरपालिका निवासी २१ बर्षीय रोषण सुनार घाइते भएका छन् ।

घाइते मध्ये चन्द र सुनारको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहले जानकारी दिए ।

चालक विक र चौधरीको अवस्था मध्यम रहेको सिंहले बताए । घाइते सबैलाई उद्धार गरि विहान साढे ७ बजेतिर तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा ल्याएर प्रारम्भीक उपचार पछि तत्कालै थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेजमा रेफर गरिएको छ ।

ट्रकमा चालक र सहचालकसहित चार जना मात्रै सवार रहेको प्रहरीले बताएको छ । दूर्घटना शनिवार विहान साढे ५ बजेतिर भएको प्रहरीले बताएको छ ।