२०७८ मङ्सिर १४ गते मङ्गलवार
२०७८ मङ्सिर १४ गते मङ्गलवार

नेपालगन्ज मेडिकल कलेजको प्रसूति गृह सिल

कोहलपुर, 
२४ साउन । चिकित्सक र नर्सलाई समेत कोरोना पुष्टि भएपछि कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालको प्रसूति गृह सिल गरिएको छ ।

शुक्रबार बाँकेका ४९ जना कोरोना संक्रमित पुष्टि भएकामध्ये ६ जना यही मेडिकल कलेजका स्वास्थ्यकर्मी थिए । जसमा एक जना चिकित्सक र ५ जना नर्स थिए । संक्रमित स्वास्थ्यकर्मी प्रसूति गृह(लेबर रुम) मा कार्यरत थिए ।

अस्पतालको सहायक निर्देशक डा. दिनेश श्रेष्ठका लेबर रुम सिल भएकाले अत्यावश्यक बिरामीलाई नेपालगन्जको भेरी अस्पताल र मेडिकल कलेजमा रिफर गर्नुपरेको बताए । उनले पीसीआर रिर्पोट ढिलो आउँदा स्वास्थ्यकर्मीले ढुक्क भइ काम गर्न नसकेको सुनाए ।

२१ गते अस्पतालका १० जना स्वास्थ्यकर्मीको पीसीआर रिपोर्ट पठाएकोमा ५ जनाको मात्रै शुक्रबार रिपोर्ट आएको थियो । अरु ५ जना आत्तिएर अस्पतालमै बसेका छन् ।