काठमाडौं,
२४ साउन । नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ७३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता ड.। जागेश्वर गौतमका अनुसार शनिबार तीन जनाको कोरोनाकै कारण मृत्यु पुष्टि भएको हो।
प्रवक्ता गौतमका अनुसार पर्साको छपगैयाका ७४ वर्षीया पुरुषको साउन २३ गते वीरगन्जको गण्डक कोभिड अस्पतालमा निधन भएको हो। उनी मधुमेह र दमका बिरामी थिए।
त्यसैगरी मोरङ विराटनगर महानगरपालिका–१० बस्ने अर्का एक पुरुषकोसमेत साउन २३ गते नै कोरोनाले निधन भएको छ।त्यसैगरी साउन २३ गते काठमाडौं टोखा बस्ने ४१ वर्षीया महिलाको ललितपुरको पाटन अस्पतालमा उपचारकै क्रममा निधन भएको हो।
योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ७३ पुगेको हो।
पछिल्लो २४ घण्टामा नेपालमा २७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता गौतमका अनुसार कुल संक्रमितको संख्या २२ हजार ५९२ पुगेको छ।
नेपालमा अहिले संक्रिय संक्रमितको ६ हजार दुई सय रहेका छन्।