२०८१ मङ्सिर २१ गते शुक्रवार
२०८१ मङ्सिर २१ गते शुक्रवार

गढवामा विभिन्न पार्टी परित्याग गरी ४८ जना कांग्रेसमा प्रवेश

लमही, 
२४ साउन । देउखुरीको गढवा गाउँपालिकामा विभिन्न पार्टी परित्याग गरि ४८ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

गढवा गाउँपालिकाका वडा नं। ४ अजगढवामा शुक्रवार उनीहरुलई नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री दीपक गिरी र केन्द्रीय सदस्य योगेन्द्र चौधरीले उनीहरुलई अबिर टिका र माला लगाएर पार्टी प्रवेश गराएका थिए ।

पार्टी प्रवेश गराउँदै नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री गिरीले वर्तमान सरकार जनविरोधी बन्दै गएको बताएका थिए । अहिले किसानहरुलाई मलको चिन्ता भए पनि सरकार किसानको समस्या समाधान गर्न भन्दा पनि आफ्नो सत्ता टिकाउन लागि परेको बताएका थिए ।

पार्टी प्रबेश कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सचिव शंकरप्रसाद डाँगी, नेपाली कांग्रेसका नेपाली कांग्रेसका महासमिति सदस्य कर्णबहादुर बुढाथोकी, नेपाली कांग्रेस २ (क) का सभापति गिरिराज सुबेदी, किरणकिशोर घिमिरे, पूर्वक्षेत्रीय सभापति अनुराग यादब, पूर्व महासमिति सदस्य मधु न्यौपाने, गढवा गाउँपालिका इकाइ सभापति बालचन्द्र हमाल, पूर्व महाधिवेशन प्रतिनिधि गुलाम महमद, युबा नेता अनुराग खडका, तरुण दल लमही सभापति सन्तोष बुढाथोकीलगायतका बोलेका थिए ।