२०७८ मङ्सिर १४ गते मङ्गलवार
२०७८ मङ्सिर १४ गते मङ्गलवार

बबईमा कोरोनाको संक्रमितको संख्या शून्य

हापुरे,
२४ साउन । दाङको बबई गाउँपालिकामा कोरोना संक्रमितको संख्या शून्य भएको छ । साउन २२ गते थप २ जना उपचार पछि निको भई घर फर्केपछि अहिले बबई गाउँपालिकामा कोरोना संक्रमितको संख्या शून्य भएको हो ।

बबई गाउँपालिकामा २४ जनामा कोरोनाको संक्रमण देखिएको थियो । अहिले सवै जना उपचारपछि निको भएर घर फर्किसकेका छन् ।

हाल ३९ जना हापुरे स्थित पदमपुर क्वारेन्टाइनमा रहेका छन, ति मध्ये २३ जनाको नमुना स्वाव नेपालगञ्जको भेरी अस्पतालमा पठाइएको छ, भने बाँकी १६ जनाको नमुना स्वाव पठाउन बाँकी रहेको बबईका कोरोना फोकल पर्सन शरदराज गिरीले जानकारी दिनुभययो ।

बबईका विभिन्न क्वारेन्टाइनमा १ हजार ६सय २ जना बसेका थिए । १ हजार २ सय ६६ जनाको पिसिआर नमुना स्वाव संकलन गरि पठाइएकोमा हाल सम्म १ हजार २ सय ४३ जनाको रिपोर्ट आएको गिरीले बताउनुभयो ।

गिरीका अनुसार १ सय ५७ जनाको आरडिटि परिक्षणमा ९ जनाको रिपोर्ट पोजेटिभ देखिएको थियो ।