२०७८ मङ्सिर १४ गते मङ्गलवार
२०७८ मङ्सिर १४ गते मङ्गलवार

त्रिसिद्धेश्वरी स्पोर्ट्स क्लबले गर्‍यो ग्रीन बेल्टको सरसफाई

लक्ष्मण बस्नेत,
२४ साउन । त्रिसिदेश्वरी स्पोर्ट्स क्लब तुलसीपुर ५ ले आज शनिवार तुलसीपुर बजार ‘क’ लाईन सडकको ग्रीन बेल्ट सरसफाई गरेको छ ।

विगत लामो समयदेखि खेल क्षेत्रमा आफ्ना गतिबिधी संचालन गर्दै आएको क्लबले सामाजिक कार्यमा हात बढाउन तुलसीपुर बाहिनी चोकदेखि बिपि चोक सम्मको ग्रीन बेल्ट सरसफाई गरेको हो ।

कोरोना भाईरसका कारण खेल क्षेत्र बढी प्रभावित भई आफ्ना गतिबिधी ठप्प बनेका बेला क्लबका पधाधिकारी तथा खेलाडी गरि झण्डै ३५ जना को सक्रिय सहभागितामा ग्रीनबेल्टको सरसफाई गरिएको क्लबका अध्यक्ष कमल डाँगीले जानकारी दिए ।

तुलसीपुर बजार क्षेत्रलाई सफा, सुन्दर र हराभरा बनाउने उद्देश्यका तुलसीपुर उपमहानगरपालिकाले तुलसीपुर उद्योग बाणिज्य संघको सहकार्य जारी राखेको ग्रीन क्लिन अभियानलाई थप सार्थक र परिणाममुखी बनाउन क्लबले आफ्ना खेलकुदका गतिबिधीसंगै चरणवद्ध सरसफाईका कार्य अगाडि बढाउने लक्ष्य लिएको अध्यक्ष डाँगीले बताए ।

जसअनुसार बजार क्षेत्रका सडक, धार्मिक मठ मन्दिर, खेलमैदानको सरसफाई गर्ने कार्यतालिका रहेको छ ।