२०७९ असोज १९ गते बुधवार
२०७९ असोज १९ गते बुधवार

पोखरामा कोरोना संक्रमित ६२ वर्षीय पुरुषको मृत्यु

काठमाडौं, 
२५ साउन । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत कोभिड १९ उपचार केन्द्रमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

१७ गतेदेखि आईसीयूमा उपचाररत कास्की पोखरा महानगरपालिका १९ निवासी ६२ वर्षीय पुरुषको गएराति उपचारकै क्रममा मृत्यु भएको अस्पतालका निर्देशक सह–प्राडा अर्जुन आचार्यले जानकारी गराए ।

यस प्रतिष्ठानमा कोरोनाका कारण अहिलेसम्म तीनजनाको मृत्यु भएको छ ।