२०८१ फाल्गुन ६ गते मङ्गलवार
२०८१ फाल्गुन ६ गते मङ्गलवार

बुवाको सम्झनामा युवालाई खेलकुद सामाग्री वितरण

शान्तिनगर,
२५ साउन । नेकपा शान्तिनगर कमिटिका सचीव गोविन्द भण्डारीले आफ्ना स्वर्गियको बुवाको सम्झनामा युवाहरुलाई खेलकुद सामाग्री वितरण गर्नुभएको छ ।

स्वर्गिय भिमबहादुर भण्डारीको दोस्रो बार्षिकी अवसर पारेर शान्तिनगर गाउँपालिका वडा नं. ७ घुसुराका युवाहरुलाइ खेलकुद सामाग्री वितरण गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै भण्डारीले युवाहरुले शिक्षा संगसंगै खेलकुदमा अब्बल बनी आफ्नो गाउँठाउँको साथै देशको नाम पनि राख्नुपर्ने बताउनुभयो ।खेलकुदले मानिसलाई स्वस्थ्थ मात्र नएर अनुशासित पनि बनाउने उहाँले बताउनु भयो ।

सो अवसरमा शान्तिनगर ७ का वडा अध्यक्ष पिमलाल वली, विद्यार्थी नेताहरु अशोक भण्डारी, नवीन थापा, रेशम अधिकारी लगायतको सहभागिता रहको थियो ।