२०७९ असोज १९ गते बुधवार
२०७९ असोज १९ गते बुधवार

जसले ४० लाख मूल्य बराबरको जग्गा दान गरे

शान्तिनगर,
२५ साउन । शान्तिनगर गाउँपालिकाका एक जना सामाजसेवीले वडा कार्यालयका लागि ४० लाख बराबर मूल्य पर्ने जग्गादान गरेका छन् ।

शान्तिनगर ५ रगैंजाका रतन वहादुर बस्नेतले ५ नं. वडा कार्यालयको भवन निर्माणका लागि ४० लाख बराबरको जग्गादान गरेका हुन् ।

वडा कार्यालय भवन निर्माण स्थलमा २ दुई कठ्ठा र वडा कार्यालय जानका लागि ३ कठ्ठा बाटोलाई गरी ५ कठ्ठा जग्गादान दिएको बस्नेतले बताउनु भयो । वडा अध्यक्ष गिरीराज बस्नेतको आग्रहमा आफूले जग्गादान गरेको वस्नेतको भनाई छ । विरामी भएर भाग्यले आफू बाचेको र समाजका लागि केही गर्नु पर्छ, भन्ने उद्देश्यले जग्गादान गरेको उहाँले बताउनुभयो ।

वडा कार्यालयको भवन निर्माण गर्नका लागि सार्वजनिक जग्गा नभएको र बस्नेतलाई आग्रह गर्दा सहजै स्विकार गरेको वडा अध्यक्ष गिरीराज बस्नेतले बताउनुभयो ।

अहिलेको समयमा पनि जग्गादान गरेर समाजीक कार्यमा ठुलो योगदान पुराएको वडा अध्यक्ष बस्नेतले बताउनु भयो ।

यसै आर्थिक बर्षमा भवन निर्माण गर्ने योजना रहेको अध्यक्ष बस्नेतले बताउनुभयो ।