२०७९ असोज ११ गते मङ्गलवार
२०७९ असोज ११ गते मङ्गलवार

पर्सामा ९ प्रहरीसहित थप ७५ जनामा कोरोना पुष्टि

वीरगन्ज, 
२५ साउन । नारायणी अस्पतालको प्रयोगशालामा शनिबार राति गरिएको परीक्षणमा ९ जना प्रहरीसहित ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगन्ज महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख अरुणकुमार महतोमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ३ जना बारा र एकजना सर्लाहीका हुन् ।

नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायका अनुसार १५ जना महिलासहित ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । ८ जना संक्रमितमा ज्वरो र खोकीका लक्षण छन् ।

७५ जना संक्रमितमध्ये २९ जना कन्ट्याक्ट ट्रेसिङको क्रममा कोरोना पोजिटिभ देखिएका हुन् । पैसा तिरेर परीक्षणका लागि आएका ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार राति गरिएको परीक्षणमा जिल्ला प्रहरी कार्यालय पर्साका ९ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको प्रहरी नायब उपरिक्षक मनोजित कुँवरले बताए ।

यसैगरि वरुणयन्त्रका दुईजना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । साउनयता पर्सामा ८ सय ३८ नयाँ संक्रमित थपिएका छन् ।