२०७९ असोज २१ गते शुक्रवार
२०७९ असोज २१ गते शुक्रवार

सिल गरिएको नेपालगञ्जमा सेना परिचालन

बाँके, 
२५ साउन । नेपालगन्जका केही कोरोना जोखिमयुक्त स्थान सिल गरिएका छन् । यस अवधिभर बाहिर निस्कन नदिन सेनासमेत परिचालन गरिएको छ ।

शनिबार राति १२ बजेदेखि सिल गरिएका क्षेत्रमा सेना परिचालन गरिएको हो । निषेधाज्ञासँगै सिल गरिएकाले स्थानीयको अटेरी व्यवस्थापन गर्न सेना परिचालन गर्नु परेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले बताए ।

भीडभाड हुन नदिन र शान्ति सुरक्षा कायम गर्न सुरक्षा निकाय बलियो बनाएको उनले सुनाए । त्यस्तै, घरमै बसेर कोरोनाविरुद्ध लड्न सकिने भन्दै कुनै पनि समस्या परे प्रशासनलाई फोन गर्नसमेत उनले अनुरोध गरेका छन् ।

सामाजिक सञ्जालमार्फत् सम्पर्क नम्बर खुलाएर सिडिओले यस्तो जानकारी दिएका हुन् । सुर्खेतरोडको पुष्पलालचोकदेखि गणेशमान चोक खण्डको पूर्वी क्षेत्रमा पर्ने बाँके गाउँ हुँदै नहरपूर्वादखि बसपार्क क्षेत्रमा सील गरिएको छ ।