२०७८ मङ्सिर १४ गते मङ्गलवार
२०७८ मङ्सिर १४ गते मङ्गलवार

साइकलबाट खसेर २ बालक माडी नदीमा बेपत्ता

सांकेतिक तस्वीर ।

प्यूठान, 
२५ साउन । साइकलबाट खस्दा माडी नदीमा २ जना बालक बेपत्ता भएका छन् ।

शनिबार बेलुका ७ बजेतिर स्वर्गद्वारी नगरपालिका–४, सोत्रेमा साइकल चलाउँदै गर्दा माडीमा खसेर १० वर्षीय सन्जोक पार्धे र उनका साथी ८ वर्षका विपीन गौतम बेपत्ता भएका वडाध्यक्ष पदम भट्टराईले जानकारी दिए ।

माडी नदी ठूलो रहेको र रात परेका कारण उनीहरु अझै फेला नपरेको भट्टराईले बताए ।

स्थानीयवासी जनप्रतिनिधि र प्रहरीसहितको टोलीले नदीमा बेपत्ता बालकहरुको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी प्रमुख डीएसपी नरेन्द्रकुमार कार्कीले जनाकारी दिए ।