२०८१ मङ्सिर २१ गते शुक्रवार
२०८१ मङ्सिर २१ गते शुक्रवार

घोराहीको चेपे तालको किनारमा २ सय फूलका बिरुवा रोपियो

घोराही,
२५ साउन । पर्यटकिय गन्तव्य स्थल बन्दै गरेको घोराही उपमहानगरपालिका वडा नम्बर १ र २ स्थित चेपे तालको किनारमा आज विभिन्न प्रजातीका फूलहरु रोपिएको छ ।

वन डिभिजन कार्यालय दाङका उपलब्ध गराएको २ सय वटा विभिन्न प्रजातीका फूलका विरुवा रोपिएको हो । सौन्दर्य बढाउने उदेश्यले तालको दक्षिण तर्फको सडक छेउमा फूलका बिरुवा रोपिएको हो ।

नगर प्रमुख नरुलाल चौधरी, बाताबरण सरसफाई तथा स्वच्छता शाखाका प्रमुख प्रेम केसी, अम्बिकेश्वरी सव डिभिजन वन कार्यालयका सहायक वन अधिकृत भक्तबहादुर वली सहित सुर्केडाँगीका स्थानियहरुले विरुवा रोपेका हुन् ।

फूलका विरुवाहरुमा चाँदनी, इन्द्रकमल, फोनिक्स पाम, असारे, छतिवन, मुसुण्डा, लालुपाते, कपुर, कल्की, जाकरण्डा र बजरडन्ठे लगाएतका रोपिएको हो । उक्त चेपे तालमा हालै ४ वटा डुंगा समेत हालिएको छ ।

पर्यटकिय गन्तव्यकारुपमा उक्त चेपे ताललाई विकास गर्न स्थानिय सरकार घोराही उपमहानगरपालिका र स्थानिय नागरिकहरु लागि परेका छन् ।।