२०८१ बैशाख ४ गते मङ्गलवार
२०८१ बैशाख ४ गते मङ्गलवार

सामुदायीक वनलाई समृद्धीसँग जोड्नुपर्छ : पाण्डे

तुलसीपुर, 
२५ साउन । तुलसीपुरमा सामुदायिक वन उपभोक्ता महासंघको पाँचौ स्थापना दिवस मनाइएको छ । समृद्धिका लागि सामुदायिक वन, उत्पादन र वृद्धिमा योगदान भन्ने मुल नाराका साथमा स्थानीय वन महासंघ तुलसीपुरले अन्तक्र्रिया कार्यक्रम गरेर दिवस मनाइएको हो ।

शान्ती पार्कमा आयोजना गरिएको कार्यक्रममा नगरप्रमुख घनश्याम पाण्डेले सामुदायीक वनलाई समृद्धीसँग जोड्नुपर्ने कुरामा जोड दिनुभएको छ । सामुदायिक वनले हरियाली मात्रै नभएर आम मानिसको जीवनस्तर परिवर्तनमा पनि महत्वपूर्ण भुमिका खेलेको कुरामा जोड दिनुभयो । जनताको बल र सक्रियताले मात्रै वन फडाँनी रोकिएको बताउँदै सामुदायिक वन उपभोक्ता महासंघका कारण नाँगा डाँडाहरु हराभरा भएको पाण्डेले बताउनुभयो ।

स्थानीय सामुदायिक वन महासंघ तुलसीपुरका अध्यक्ष चन्द्रबहादुर वलीको अध्यक्षतामा भएको कार्यक्रममा श्री गणेश सामुदायिक वनका अध्यक्ष कुलप्रसाद भण्डारी, राप्ती शान्ती उद्यानका अध्यक्ष डिल्ली भण्डारी लगायतले सामुदायिक वनको महत्वका बारेमा बोलेका बोल्नुभएको थियो ।

नेत्रमणी शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण उपाध्यक्ष द्रोण वहादुर वलीले गर्नुभएको थियो ।

यसैविच स्थापना दिवसको अवसर पारेर राप्ती शान्ती उद्यानमा विभिन्न बिरुवा समेत लगाइएको थियो ।