२०७८ मङ्सिर १ गते बुधवार
२०७८ मङ्सिर १ गते बुधवार

संक्रमित गर्भवतीले शल्यक्रियाबाट स्वस्थ बच्चालाई जन्म दिईन्

कोहलपुर, 
२५ साउन । नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा कोरोना पोजिटिभ एक महिलाको शल्यक्रियाबाट प्रसूति गरिएको छ ।

रुकुम चौरजहारीकी ३९ वर्षीया ती महिलाले शनिबार राति साढे ९ बजे २७ सय ५० ग्रामको बच्चा जन्माएकी छन् ।

चौरजहारीबाट एक दिनअघि भेरी अस्पतालमा भर्ना भएकी उनलाई ज्वरो आएपछि कोरोना परीक्षण गरिएको थियो । संक्रमण पुष्टि भएसँगै कोहलपुर स्थित थर्ड लेवलको कोभिड १९ अस्पतालमा भर्ना गरिएको थियो ।

अस्पतालका सहायक निर्देशक डा. दिनेश श्रेष्ठका अनुसार बच्चा र आमा दुवैको स्वास्थ्य अवस्था सामान्य छ ।