२०७८ कार्तिक ३० गते मङ्गलवार
२०७८ कार्तिक ३० गते मङ्गलवार

मेडिकल कलेज कोहलपुरमा कोरोना संक्रमित महिलाको मृत्यु

बाँके, 
२५ साउन । मेडिकल कलेज कोहलपुर बाँकेमा उपचारका क्रममा आइतबार मृत्यु भएकी ७० वर्षीया वृद्धामा कोरोना संक्रमण पुष्टि भएको छ । कोहलपुर नगरपालिका–२ की ती महिला निमोनियाका कारण अस्पतालमा उपचार गराइरहेकी थिइन् ।

आइतबार आएको रिपोर्टमा ती महिलामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका सहायक निर्देशक डा। दिनेश श्रेष्ठले जानकारी दिए । ‘११ बजे उहाँको मृत्यु भयो, रिपोर्ट दिउँसो ३ बजेमात्र आयो’ उनले भने ।

ती वृद्धाको शुक्रबार स्वाब लिइएको थियो । स्वास्थ्य समस्या देखिएपछि ती वृद्धालाई शुक्रबार नै भर्ना गरिएको थियो ।

आइतबार पनि अस्पतालका एक कर्मचारीमा कोरोना देखिएपछि उनको व्यवस्थापनमा जुटेको श्रेष्ठले बताए ।