२०७९ असोज १२ गते बुधवार
२०७९ असोज १२ गते बुधवार

आज देशभर हल्का वर्षा भएपनि लगातार झरी नहुने

फाइल तस्वीर ।

काठमाण्डौं, 
२६ साउन । देशका केही ठाउँमा गएराति ठूलो पानी परेको छ । वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै महाशाखाले ठूलो पानी परेका र नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन पनि अनुरोध गरेको छ ।

पानी परेका क्षेत्रमा पहिरो र तल्लो तटीय क्षेत्रमा बाढीको जोखिम हुन सक्ने भएकाले सर्तकता अपनाउन महाशाखाका मौसमविद् गंगा नगरकोटीको आग्रह छ । अहिले देशैभर हल्का वर्षा भैरहेको छ । मौसम पूर्णतया बदली भएसँगै देशैभर हल्का पानी परेको हो । आज दिउँसो पनि हल्का वर्षाको संभावना छ ।

तर लगातार झरी नपर्ने संभावना नरहेको मौसमविद् नगरकोटीले बताउनुभयो । आज राति पनि केही ठाउँमा ठूलो र अरु ठाउँमा हल्का वर्षाको सम्भावना रहेको छ ।