२०७८ मङ्सिर ४ गते शनिवार
२०७८ मङ्सिर ४ गते शनिवार

कांग्रेसको यातायात विभागको केन्द्रीय सदस्यमा हमाल मनोनीत

दाङ, 
२६ साउन । नेपाली कांग्रेसको यातायात व्यवसायी समन्वय विभागको केन्द्रीय सदस्यमा दाङका यातायात व्यवसायी सुरेश हमाल मनोनीत हुनुभएको छ ।

हमाललाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आइतबार यातायात व्यवसायी समन्वय विभागको सदस्यमा मनोनीत गर्नुभएको हो ।

सभापति देउवाले आइतवार दश वटा विभाग विस्तार गर्नुभएको छ ।

हमाल सिद्धेश्वरी राप्ति यातायात प्रालिका अध्यक्ष हुनुहुन्छ ।