२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई कोरोना संक्रमण

काठमाडौं, 
२६ साउन । भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई पनि कोरोना भाइरसको संक्रमण भएको छ। मुखर्जीले ट्वीट गरेर आफूलाई कोरोना भाइरसको संक्रमण भएको जानकारी दिएका हुन् ।

फरक प्रयोजनका लागि अस्पताल जाँदा कोरोना भाइरसको पनि परीक्षण गर्दा आफूमा संक्रमण पुष्टि भएको उनले ट्वीटमा जानकारी दिएका हुन् ।

उनले पछिल्लो एक हप्तामा आफ्नो सम्पर्कमा आएका व्यक्तिलाई आइसोलेशनमा बसी कोरोना भाइरसको परीक्षण गर्न आग्रह समेत गरेका छन् ।