२०७८ मङ्सिर २० गते सोमवार
२०७८ मङ्सिर २० गते सोमवार

प्यूठानमा १४ सैनिकसहित २३ जनामा कोरोना संक्रमण

प्यूठान, 
२६ साउन । नेपाली सेनामा कार्यरत १४ जनासहित प्यूठानमा थप २३ जना कोरोना पुष्टि भएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय प्यूठानका अनुसार ईन्द्रध्वज गण प्यूठानको आन्तरिक क्वारेन्टाइनमा बसेका १४ जना, स्वर्गद्वारी नगरपालिकामा भारतबाट आएर क्वारेन्टाइनमा बसेका ६ जना, १ जना मल्लरानी गाउँपालिका र १ जना जिल्ला प्रहरी कार्यालयमा हिरासतमा रहेकामा संक्रमण पुष्टि भएको हो ।

एक जना संक्रमितको ठेगाना खुल्न बाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदीले जानकारी दिए ।

सोमबार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा जिल्लाका थप २३ जनामा कोरोना देखिएको हो ।

तीमध्ये ३ जना महिला र अरु पुरुष हुन् । उनीहरुको उमेर १२ देखि ४६ वर्षसम्मका रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । सोमबार आएको रिपोर्टसँगै प्यूठानमा सक्रिाय संक्रमित २८ जना भएका छन् । यसअघि कोरोना संक्रमण पुष्टि भएका ३ सय ३७ जना निको भएर घर गइसकेको कार्यालयले जनाएको छ ।